रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन

काठमाडौं । योगराज ढकाल (रिगल) लाई जेलमै राख्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा बुधबार बिहानदेखि भारती मानन्धरले अनशन सुरु गरेकी छन् । आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी हुन् । अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय…