बझाङमा आधा घन्टामा २ भूकम्प, दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको…