गलेश्वर (म्याग्दी) । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डोर्याउँदै भाइको अघिपछि हुँदै…