नेपालभर नै राेकियाे ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोकेकाे छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएकाेले सबैतिर फिल्मको प्रदर्शन रोकिएको जानकारी दिए । काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति भने राठीले आपत्ति जनाएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि…