काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले प्रमुख शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो । ‘काठमाडौं महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं.३० को जग्गा यस…