काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो ।…