मुकेश कायस्थलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । “जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भइका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ,” सरकारकी प्रवक्ता रेखा शर्माले…