काठमाडौं । अस्ट्रेलियाले १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी…