राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : ओली

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् । अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए । “राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ”, पूर्वप्रधानमन्त्री…