काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेलको थतिटोलबाट जावलाखेलतर्फ तान्न थालिएकाे छ । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले दिएको जानकारीअनुसार पाटन क्षेत्रका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रूपमा रथलाई तानेर आज जावलाखेल पुर्याइनेछ । सातगाउँमा सतुङ्गल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले…