काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा आफ्नो धारण राखेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे । सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प…