निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो । नेपाली सेनाको टाेलीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा २१ ताेपकाे सलामी अर्पण गरेको थियो । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए…