शितल निवासबाट फोन गरेर फोहोर उठाइदिन अनुरोध

काठमाडौं । राष्ट्रपति कार्यालयले सोमबार विहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ । शितल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शितल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो । तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन…