काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रुकुम पूर्वमा भएको हत्याको घटना, सरकारको न्यूनतम साझा कार्यक्रम, स्ववियू निर्वाचन, समावेशी सिद्धान्त र सदनभित्रै विभिन्न समयमा बोलिएका विषयमा सरकारका तर्फबाट सम्बोधन हुनपर्ने माग सांसदहरूले गरेका छन् । बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्ने र सबै नागरिकलाई एक वर्षभित्रमै राष्ट्रिय परिचयपत्र वितरण गर्नेजस्ता कार्यक्रम किन हटाइएको भनी…