काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो । महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको औखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर सहरवासीलाई…