काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याज पीडितको मागको सम्बोधन, नागरिकता विधेयक र सडक निर्माण लगायतका जनताका दैनिक जनजीवनसँग सम्बन्धित विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल पास गर्न माग गरे । नेपाली नागरिकको बा आमाबाट जन्मेका सन्तानले नागरिकता पाउने…