काठमाडौँ । राहदानी विभागले इ-पासपोर्ट बनाउन एक महिनाका लागि अनलाइन बुकिङ खुला गरेको छ । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको विभागले जनाएको छ । राहदानी विभागमा दैनिक १५०० का दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ । अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउने छन्…