जुम्ला । नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएकाे छ । १९ असाेजदेखिकाे अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेकाे जनाएकाे छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेकाे हाे । नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो । ईन्जिनियर गणेश भक्रीले हिमा…