काठमाडौँ । देशभरका ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा हालसम्म ११५ वटा पालिकामा मात्र व्यवस्था गरिएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानको उपलक्ष्यमा काठमाडौँ महानगरपालिका, महिला, कानून र विकास मञ्च, संयुक्त राष्ट्र सङ्घीय महिला (यूएन वुमन) ले आज संयुक्तरूपमा आयोजना गरेको अभियानका विषयमा नीतिगत संवाद विषयक कार्यक्रममा यस्तो जानकारी दिइएको…