तेह्रथुमकाे चुहानडाँडामा भीषण आगलागी, १४ घर जलेर नष्ट

काठमाडौं । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भइरहेको हो । आगलागीबाट १४ घर जलेर नष्ट भइसकेका छन् । आगलागीबाट धेरै क्षति भएको प्रहरीको अनुमान रहेको छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ । आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो…