६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ गरेकाे छ । आयोगको टोलीले उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो। पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी…