काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरूको घुइँचो छ । पहेँलो बस्त्रधारी बोलबम तिर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरूमा चहलपहल छ । वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरू पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ…