राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।  एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व रजिष्ट्ररदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।  प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यकालमा…