काठमाडौं । सडक विभाग र ठेकेदारको लापरवाहीका कारण अर्बैै रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन्। म्याद गुज्रेको वर्षौ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कलाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ । विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा बढी समय…