काठमाडौं । असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुगेपछि कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत १९–२५ असोजसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति गरेको छ । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको छ । …