बालेनलाई कबाड व्यवसायीको प्रश्न, ‘के तिमी सर्वोच्च अदालतभन्दा माथि छौ’

काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (मंगलबार) दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा…