काठमाडौं । तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो…