ललितपुर । दक्षिण ललितपुरको मतगणना स्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्नसक्ने भन्दै मतदान अधिकृतहरू चिन्तित् छन् ।बागमती गाउँपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले विद्युत्काे समस्या रहेको बताए । उनले भने, 'चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अँध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’ बागमती गाउँपालिका कार्यालयको इन्टरनेट नै प्रयोग गरिने पोखरेलले…