काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ एरिया खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । महानगरले पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो । विभागले पार्किङ एरियाको लागि भनेर नक्सा अनुमति लिएर राहदानी…