सर्लाही । प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुका मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाे साथबाट प्लास्टिकमा पोको पारेर टाउकोमा बोकेको अवस्थामा १३ किलो ९ सय ग्राम गाँजा…