नेपाली सेना भरपर्दो जमिनी शक्ति : फ्लिन

काठमाडौं । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताएका छन् । चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताएका हुन् । उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ…