उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । नगरपालिकाका वडा नं. ८, ९ र ३ मा नदी पसेपछि त्यहाँका सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ सरेका छन् । पश्चिम तटीय क्षेत्रको बेलका नगरपालिका ८ डुम्रीबोटेबाट सप्तकोसी पस्दा नगरपालिकाको ८, ९, ३, २ र १ वडा प्रभावित भएका…