नेपालगञ्ज । बाँके प्रहरीले मंगलबार बिहान लागु औषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका-१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र…