लमजुङ । गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटेजस्ता शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितिअनुसार असिना बार्ने, बिउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको स्थानीय ईश्वर गुरुङले बताए । लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका…