काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरिएको हो । खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट…