कदम पुरस्कार २०७९ बाट कीर्तिमानी आरोही कल्पना महर्जन सम्मानित

काठमाडौं । जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न कदम पुरस्कार २०७९ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ । पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई ताम्र–सम्मानपत्र र २५ हजार नगदसहित…