काठमाडौं । आज ३२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, मोरङ, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली, मकवानपुरमा बाढीको मध्यम जोखिम छ ।…