काठमाडौं । सांसद सरिता भुसालले गुगल म्यापमा पश्चिम नवलपरासीको विभिन्न भू–भाग भारतमा देखिएको र त्यसले समस्या निम्त्याएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ३ को मर्चहवा श्रीनगर बालुटोलका केही भू–भाग तथा वडा ४ को गोकुलनगर, श्रीराम जरलैया बेलटारी र थारु टोलका साथै प्रतापुर गाउँपालका वडा नम्बर…