चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन

मोरङ । इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक २९ वर्षीय सनोड मण्डल रहेका छन् । पक्राउ परेका दुवै जना भारतको दार्जिलिङका हुन्…