राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा बाबुराम सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।…