काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहबीच भेटवार्ता भएको छ । अधिकारी र साहबीच राष्ट्रिय सभागृहको चेम्बरमा भेटवार्ता भएको हो । स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तिय संस्थाहरूको नियमन, निरीक्षण र दुरगामी नीति र कार्यविधि तर्जुमा गर्ने विषयमा छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए…