काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीबिना देश विकास सम्भव नभएको बताएका छन् । यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘निर्माण व्यवसायीबिना ठूला काम सम्भव…