काठमाडौं । आर्थिक वर्षको समाप्ती हुन लाग्दासमेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएकाले निर्माण उद्योगमा विकराल समस्या देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सकारात्मक हुँदाहुँदै पनि अर्थ मन्त्रालयका कर्मचारीका कारण व्यवसायीहरूको भुक्तानी नभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अध्यक्ष रवि सिंहले अस्थिर सरकारको मार…