रसुवा । रसुवामा निर्माण सम्पन्न भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले शुक्रबारबाट संरचनामा पानी भरेर परीक्षण सुरु गरेको छ । आयोजनाको बाँधस्थलको सफल परीक्षण पश्चात् बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण चरणवद्ध रूपमा गर्ने कार्यतालिका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताएका छन् । कम्पनीले सम्पूर्ण संरचनाको चरणबद्ध रूपमा प्राविधिक…