काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ–तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम भइरहेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव ५ किलोमिटर सडकखण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले हाल चार लेनमा विस्तार थालेको…