काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन् । आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन् । जापानिज निर्माण कम्पनी हाजमा एन्डो…