काठमाडौं । स्वतस्फुर्त रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन…