नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् । उनले विकासलाई राजनीतिक रंग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे । शुक्रबार नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरुलाई समान…