काठमाडौं । सूर्यविनायक-धुलिखेल, धुलिखल-सिन्धुली-बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक-साँगा सडकखण्डको विस्तार आजदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर-२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, योजना प्रमुख राजेन्द्रप्रसाद दासलगायत भक्तपुरका जनप्रतिनिधिले संयुक्तरूपमा ढुङ्गा बिछ्याएर सडक विस्तार कार्यको सुरुवात गरेका हुन् ।…