समय अगावै निर्माण सम्पन्न गर्ने व्यवसायी सम्मानित

खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गमा पर्ने दुईवटा पुल समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको भालुखोला र छेपेखोलामा सम्झौताभन्दा एक महिना अगाडि नै पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रवन्ध निर्देशक मोहन कार्कीलाई सम्मान गरिएको हो । जिल्लामा महत्वका आयोजनाको निर्माणमा चरम ढिलासुस्ती भइरहेका बेला…