२४ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार समीक्षा अवधिमा चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको…