बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काउन माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गरेको छ। उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खतिवडाले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिए। विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पुर्‍याएको खबर प्राप्त भएकाले सरकारले तत्काल उद्धार गर्नुपर्ने…