काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजराइलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेस गरेका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । पछिल्लो पटक इजराइलले नेपालबाट केयरगिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले भर्ना…